काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओलीले देश बर्बाद पारे भन्नेहरूले नै ओलीलाई निरन्तरता दिने बाटोमा गएको टिप्पणी गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै अध्यक्ष थापाले ओलीलाई विरोध गर्नेहरू नै सत्ताबाट हटाउन नचाहेको आरोप लगाएका छन् । अध्यक्ष थापाले संसद पुनःस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताए ।
उनले भने, ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा ओलीको पक्ष लियो भन्छन् । तर,ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’
उनले भने, ‘चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनःस्थापना भएमा पुनःओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यहि भन्छ ।’
चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepal को पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ
— Kamal Thapa (@KTnepal) May 28, 2021






