एजेन्सी । चीनको सिचुवानस्थित सिचाङको युन्जियासान चिडियाखानामा अफ्रिकी सिंह भन्दै गोल्डेन रिट्राइभर कुकुर राखेको पाइएको छ । जब स्थानीय पर्यटकहरु सिंहलाई हेर्न भनेर चिडियाखाना गएका थिए उनीहरु सिंह बस्ने स्थानमा कुकुर देख्दा चकित भएका थिए ।
ताङ थर गरेका एक व्यक्तिले यस घटनाको भिडिओ बनाएर सामाजिक संजालमा हालेसँगै उक्त चिडियाखाना प्रशासनको चर्को आलोचना भइरहेको छ ।
चिडियाखानाका अधिकारीहरुले सिंहलाई अन्तै सारिएकाले सिंहकै रङको कुकुर त्यहाँ राखिएको बताएका छन् । तर चिडियाखानामा जान पैसा तिर्नुपर्छ । सिंहको स्थानमा कुकुर राखेर झुक्काइएको भन्दै मानिसहरुले यस कार्यको विरोध जनाएका छन् ।






