काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा अब कसैले मेटाउन नसक्ने बताएका छन् । शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा ओलीले नेपालको भूभाग समेटेर छापिएको चुच्चे नक्सा कसैले पनि मेटाउन नसक्ने बताएका हुन् । उनले चुच्चे नक्सा जस्तै नेपालको परराष्ट्र नीतिलाई पनि कसैले मेट्न नसक्ने बताए ।
“अब नेपालकाे चुच्चे नक्सा कसैले पनि मेटाउन सक्दैन । त्यसैगरी चुच्चे नक्साजस्तै ठोस आकार पाएको नेपालको परराष्ट्र नीतिलाई पनि कसैले मेटाउन सक्दैन । किनकि यसले एक उचाइ लिइसकेको छ, यो लयबद्ध भइसकेको छ,” ओलीले भने ।






