काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतरा उन्मुख भएको दावी गरेका छन् । मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान समेत गरेका छन् ।
विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सकारात्मक सोच नभएको भन्दै उनले नकारात्मक दृष्टि मात्रै रहेको जिकिर गरे । राजनीतिक परिर्वतन ल्याए पनि सोही अनुरुपको संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उनले टिप्पणी नेपालले गरेका छन् ।
उनले भने, “देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन संकटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेका छन् । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दाखेरी त्यसले राम्रो शन्देश, राम्रो संकेत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठुलो जिम्मेवारी छ । ”
ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफुहरुको मुल एजेण्डा भएको भन्दै उनले आफुले त्यस सवालमा मुल्यको राजनीति नत्याग्ने प्रतिवद्धता पनि गरेका छन् ।






