काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले ‘सर्वोच्च अदालतको फैसला अनुसार’ मंगलवार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । सो भाषालाई लिएर देउवाले असहमति जनाएपछि शपथ कार्यक्रम केही ढिलो भएको थियो । शपथग्रहण समारोहमा एमाले वरिष्ठ नेता माधव नेपाल सहभागि थिए ।
त्यस्तै, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।
नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।






