काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य मूल्य ९३ हजार २०० कायम थियो । यस्तै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ ।
शुक्रबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






