काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामै २ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाला सुन तोलाको १ लाख ६५ हजारमा कारोबार भएको थियो ।
विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।




