काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।




