काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ६२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६० हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ रुँपैयाले घटेको छ । बुधबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९ सय ५ निर्धारण भएको महासङ्घले जनाएको छ ।




