काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २२ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा १ लाख ६८ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहिबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






