काठमाडौं । आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य एक हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
आइतबार ९० हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आइतबार ८९ हजार ५५० मा कारोबार भएको सुनको मूल्य आज घटेर ८८ हजार ५५० तोकिएको छ ।
चाँदीको मूल्य आज एक हजार २१५ तोकिएको छ । आइतबार एक हजार २४० मा कारोबार भएको थियो ।






