भरतपुर । चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ । जसबाट ग्राहकहरूले अब घरमै बसेर नै सजिलै अर्डर गर्न सक्ने सुविधा पाउने भएका छन् ।
डि मल्टी स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार, वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, बरमाला, दुबोको माला, बुके लगायतका विभिन्न वस्तुहरूको सम्पूर्ण विवरण, प्रयोग गरिएको क्वालिटी र उपलब्ध साइज हेरेर सजिलै अर्डर गर्न सकिन्छ ।
ग्राहकहरूको सहजताका लागि लगीन नगरी अर्डर गर्ने सुविधा उपलब्ध छ, जसमा पूरा नाम, ठेगाना र सम्पर्क नम्बर भरेपछि स्टुडियोका प्रतिनिधिहरूले कन्फर्मेसनका लागि मेसेज वा कल गर्नेछन् । त्यसपछि डिजाइन प्रिभ्यू देखाएर फाइनल गरिने र ग्राहकको चाहनाअनुसार मात्र उत्पादन तयार गरिने छ ।
त्यस्तै लगीन गरेर आफ्नो अर्डर तयार हुँदै गरेको, डिजाइन भएको प्रिन्ट भएको फ़्रेमिङ्ग भएको र प्याकिङ्ग भई डेलिवेरीलाई गएको यो सबै अवस्था जानकारी लिन समेत सकिने छ ।
चापागाईंका अनुसार, बजारमा सस्तोका नाममा गुणस्तरहीन चाइनीज फ्रेम र डिसकलर हुने प्रिन्ट बढी देखिँदै आएको अवस्थामा D Multi Studio ले म्याट प्रिन्ट प्रयोग गर्ने गरेको छ, जुन डिसकलर नहुने, वॉटरप्रूफ र टिकाउ हुन्छ ।
साथै, साइजअनुसार उपयुक्त बिट प्रयोग गरेर प्रत्येक फ्रेमलाई दीर्घकालीन बनाउन ध्यान दिइएको छ । वेबसाइटमा रहेका Best Deals Today सेक्सनमा दैनिक विशेष छुट भएका सामानहरू राखिने छन्, साथै New Product सेक्सनमा नयाँ उत्पादनहरूको जानकारी उपलब्ध हुनेछ । साथै, विशेष अवसरका लागि स्पेशल प्याकेज अफर पनि सुरु गरिएको छ ।
ग्राहकहरूको बृद्धि भएको अनलाइन स्क्यामको डरलाई ध्यानमा राख्दै D Multi Studio ले सम्पूर्ण अर्डरमा Cash on Delivery नीति लागू गरेको छ, जसअन्तर्गत सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्न सकिनेछ ।
हालसम्म नेपालका ७७ वटै जिल्लामा सेवा पुर्याइरहेको D Multi Studio ले फोटो फ्रेम, कुसन प्रिन्ट, टी-शर्ट प्रिन्ट, कप प्रिन्ट, फ्लेक्स प्रिन्ट, कस्टमाइज्ड गिफ्ट आइटम र क्यानभास प्रिन्ट लगायतका विविध प्रिन्ट सेवासँगै विवाह, वर्तबन्ध, पास्नी र अन्य अवसरका फोटो/भिडियो सुट पनि उपलब्ध गराउँदै आएको छ ।
चापागाईंका अनुसार, निकट भविष्यमा चितवन बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको छ र वेबसाइटमार्फत फोटो/भिडियो सुट बुकिङ समेत सहज बनाइएको छ ।
“हामीले सधैं गुणस्तर, उचित मूल्य र नयाँपनलाई प्राथमिकता दिँदै आएका छौं, र आगामी दिनमा अझ परिष्कृत रूपमा सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं,” चापागाईंले बताए ।






