काठमाडाैं । बिहीबार सुनकाे मूल्य घटेकाे छ । आज छापावाल सुनकाे मूल्य तोलको दुई सयले घटेर तोलाको ९१ हजार एक सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुन ९१ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन ९० हजार ६ सयमा काराेबार भइरहेकाे छ ।
चाँदीको मूल्य भने स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






