सप्तरी । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा देखिएका छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ८६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवले ४८९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादवले २४१ मत प्राप्त गरेका छन् ।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






