काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको भाउमा अत्यधिक वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वभाविक बृद्धिका कारण यस पटक नेपालका लागि पठाइएको खरिद दरमा निकै ठूलो अन्तर देखिएको छ ।
नयाँ दर रेट अनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म मूल्य बढेर प्राप्त भएको छ । तर, नेपालमा भने पुरानो मूल्य नै कायम छ । भारतबाट यति ठूलो मात्रामा मूल्य बढेर प्राप्त भए तापनि नेपाल आयल निगमले भने तत्कालका लागि नेपाली बजारमा मूल्य नबढाउने निर्णय गरेको छ । हवाई इ्न्धनको मूल्य भने सरकारले बढाएको छ ।






