जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । हाल मधेस सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल र नेपाली कम्युनिस्ट पार्टी सहभागी छन् ।
शुक्रबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेका मोहम्मद समिरलाई बिना विभागीय मन्त्रीको रुपमा नियुक्त गर्दै एमालेलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
गत वैशाख २२ गते जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जनमतले समर्थन फिर्ता लिएपनि उसका दुई जना मन्त्री अझै पदमै छन् ।






