काठमाडौं । आज बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य केहि बढेको छ । सुनको मूल्य २ सयले घट्दा चाँदीको मूल्य १० रुपैँयाले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोलाको ९० हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यसअघि बुधबार सुनको मूल्य प्रति तोलाको ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ । बुधबार एक हजार १ सय ९५ मा कारोबार भएको चाँदी बिहीबार १ हजार २ सय ४ रुपैँयामा कारोबार भईरहेको छ ।






