सप्तरी । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी र ठगीको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको महादेवा गाउँपालिका २ बस्ने अधिकारी प्रहरीमा उजुरी परेपछि फरार थिए । उनलाई सप्तरीकै महादेवापट्टी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अधिकारी फरार रहेका थिए ।






