काठमाडौं । मधेस प्रदेशका पुर्व प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायधिस चन्द्रकान्त पौडेलको एकल इजलासले आज उनलाई दोषी ठहर गरेको हो ।
पर्सी उनको सजाय निर्धारणका लागि पेशी तोकिएको छ । मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक समेत रहेका उनलाई २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।






