काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो । तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९०० कायम भएको छ । यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला १ हजार २३० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।






