एजेन्सी । निन्द्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो । हरकाेही मानिसले सपना देख्ने गर्छ । सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ ।
सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ । यो निन्द्राको चरणलाई निन्द्राको रेड आई मुभमेन्ट चरण भनिन्छ ।
निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । मानिसहरूले ज कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि मान्यता (विश्वास) रहेको छ ।
एउटा सपनाको अबदी केहि सेकेन्ड, केहि मिनट र केहि घन्टाको रहने पनि वैज्ञानिकहरूले अनुमान लगाएका छन् । सपनामा देखेको, सुनेको, तथा अनुभव गरेको कुराहरु निन्द्राबाट बिउँझिएपछि याद नहुने, र याद भए पनि एकदमै मन्द यादहरु रहने गर्दछ । कतिपय सपनाहरू अरूलाई सुनाउन नहुने पनि बताइन्छ ।
यी पाँच सपना, जुन अरूलाई सुनाउनु हुँदैन :
– आफूलाई मृत अवस्थामा देख्नु भएमा
– हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा
– सपनामा सानो माछा देखेमा
– सपनामा सर्प देखेमा
– बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नुभएमा






