काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य एकै दिन १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार १ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै केही दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले घटेरको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १२ सय रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।






