काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज बिहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार १५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।






