एजेन्सी । एक महिलाले २४ वर्षको उमेरमा तीन पटक बिवाह गरिन् । अहिले उनको सात बच्चा छन् । सामाजिक सञ्जालमा आफ्नो जीवनबारे बताएकी छिन् । उनले किन तीन पटक बिवाह गरिन्, यसबारे पनि खुलाएकी छिन् ।
डेली स्टारका अनुसार बेलायती महिला जेसले आफू १७ वर्षको उमेरमा पहिलो पटक गर्भवती भएको बताइन् । बिवाह १७ वर्षको उमेरमा भएको बताएकी छिन् । एक वर्षपछि १८ वर्षको उमेरमा उनले दोस्रो बच्चा जन्माइन् । तेस्रो पटक उनले जुम्ल्याहा बच्चा जन्माइन् ।
उनको दुई पटक बिवाह भयो । यद्यपी दुवै बिवाह एकै युवकसँग भएको थियो । उनले भनेकी छिन्, ‘मैले आफ्नो पहिलो पतिसँग १९ वर्षको उमेरमा बिवाह गरेकी थिएँ । जब म गर्भवती भएँ, उसले मलाई धोका दियो । तर जब हाम्रो जुम्ल्याहा बच्चा भयो, तब हामीले मेलमिलाप गर्यौँ र २१ वर्षको उमेरमा फेरि बिवाह गर्यौँ ।’
जेसका अनुसार जब उनी चौँथो पटक गर्भवती भइन्, तब ती युवकले उनलाई फेरि छोडिदिए । जसकारण उनले चार बच्चा एक्लै हुर्काउनु पर्यो । यद्यपी केही समयपछि उनको जिन्दगीमा एक अर्का युवक आए । उनले भनिन्, ‘चार बच्चासँग एक्लै बसेको थिएँ । केही वर्षपछि एक व्यक्ति मिल्यो, जोसँग् मैले बिवाह गरेँ । हाम्रो बिवाह भएको ६ वर्ष भइसकेको छ । अहिले हाम्रो सात बच्चा छन् ।’ जेस अहिले २९ वर्षकि भइन् । उनी आफ्नो तेस्रो बिवाहबाट खुशी छिन् । उनको टिकटकमा १.४ फलाअर्स छन्, उनको एउटा भिडियोमा लाखौँ भिउज आउँछ ।






