काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज प्रतिताेला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।






