एजेन्सी । अमेरिकामा रहँदै आएका ब्रिग्स अहिले एक वर्षका भए, तर सामाजिक सञ्जालमा उनको चर्चा कुनै वयस्कको भन्दा कम छैन । यति मात्रै होइन, उनले मासिक ७५ हजार कमाउँछन् !
डेली मेलको रिपोर्ट अनुसार ब्रिग्सले एक वर्षको उमेरमा ४५ फ्लाइट्समा यात्रा गरिसकेका छन् । क्यालिफोर्निया, फ्लोरिडा, अलस्कासहित अमेरिकाको १६ राज्यमा घुमिसकेका छन् । बिग्रस्को इन्स्टाग्राममा ३० हजार फलोअर्स छन्, जसलाई उनकी आमा जेसले चलाउँछिन् । यसमा उनी यात्राको भिडियोहरु अपलोड गर्छिन् ।
उनी यात्राबाट पैसा कमाउँछिन् । उनी यात्राको समिक्षा लेख्ने काम गर्छिन् । ब्रिग्स जन्मिएपछि करियरले उडान लिएको जेस बताउँछिन् । भिडियोमा जेस यात्राको अनुभवहरु नि सेयर गर्छिन् । यात्राको आकर्षण उनको छोरा हो । यात्राको समयमा ब्रिग्सले डायपर्स र अन्य आवश्यक सामानहरु स्पोन्सर पाउँछन् ।
कोरोना कालमा उनी सुरक्षित तवरले यात्रा गरिरहेकी छिन् । उनको भिडियोबाट ती अभिभावकहरुलाई सहयोग पुग्न सक्छ, जो आफ्नो बालबालिकासँग भ्रमण गर्न चाहन्छन् ।






