एजेन्सी । बेलायती एक युवकको प्रेमिकाको कार दुर्घटनामा निधन भयो । ती व्यक्तिले प्रेमिकासँग बिवाह गर्ने बाचा गरेका थिए । तर बिवाहअघि नै दुर्घटनामा प्रेमिकाको निधन भयो । यद्यपी दुर्घटनापछि घाइते अवस्थामा अस्पताल भर्ना भएकी उनीसँग अस्पतालमै बिवाह गरे । उनी प्रेमिकालाई श्रीमतीको रुपमा देख्न चाहन्थे । उनले आफ्नो प्रेम कहानीका बारेमा विस्तृतमा बताएका छन् ।
द सन यूकेको रिपोर्ट अनुसार ३४ वर्षीय जिम म्यानेजर ग्रेग पीटर्स र २८ वर्षीय एना लेगर एकअर्कासँग निकै प्रेम गर्थे । दुवै १८ महिना पहिले मिलेका थिए, तर निकै नजिकिएका थिए । उनीहरु बिवाहको योजना बनाइरहेका थिए । दुवैका परिवार पनि उनीहरुको बिवाहका लागि राजी थिए । तर एक दुर्घटनाले उनीहरुको सपना चकनाचुर भयो ।
एक दिन नोकरीबाट फर्किँदै गर्दा एना कारसँग ठोक्किइन् । दुर्घटना यति ठुलो थियो कि उनको शरीरमा गम्भीर चोट लाग्यो । उनलाई अस्पताल लगियो, जहाँ उनको प्रेमी पीटर्स पनि परिवारका साथ सहभागी थिए । सबैजना उनका लागि प्रार्थना गरिरहेका थिए ।
एनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै चिकित्सकले उनलाई आइसीयूमा सानुपर्ने बताए । एना कोमामा थिइन् । एनाको अवस्था थाहा पाएर ग्रेग चिन्तित बने । उनी एनालाई गुमाउन चाहँदैन थिए, उनलाई पत्नीको रुपमा देख्न चाहन्थे ।
ग्रेगले चिकित्सकसँग अनुरोध गरे, उनीहरुले अस्वीकार गरे । तर ग्रेगको प्रेम देखेर अन्तिममा उनीहरु तयार भए । एना र आफ्नो परिवारको संलग्नतामा उनले आइसीयुमा नै प्रेमिकालाई आफ्नी श्रीमती बनाए । बिवाहको केही समयपछि एनाको निधन भयो । परिवारको सहमतीमा उनको केही अंग दान गरियो, जसबाट ६ जनाले नयाँ जिन्दगी पाए ।






