सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।
ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ ।
कहिलेकाहीँ सर्पको विविध कार्यक्रमहरु हेर्दा पनि सपनामा सर्प देखिने गर्छ । कुनैकुनै मान्छेले सर्पको बारेमा सोचेकै हुँदैन, तर सपनामा सर्प देख्ने गर्छन् । ज्योतिष शास्त्रमा सर्प योग भन्ने हुन्छ । सर्प योग भएका कारण पनि मानिसहरुले सपनामा सर्प देख्ने ज्योतिष हरिहर अधिकारी बताउँछन् । आफू सुत्ने कोठाको भित्तामा सर्पको पोस्टर टाँसिएको छ भने पनि सपनामा देख्ने गरिन्छ । अर्को आफू सुत्ने खाटमा कतै फलाम, फलामजस्तो धातु छ, जुन शनि कारक हो । यस्तो हुँदा पनि सपनामा सर्प देखिन्छ ।
यस्तै पञ्चमी अथवा नाग पञ्चमी तिथिको जन्म हुँदा पनि सपनामा सर्प देखिने उनको भनाइ छ ।






