एजेन्सी । दृष्टिविहीन प्रेमी पाएपछि एउटी महिला निकै खुशी छिन् । उनले टिकटकमा भिडियो बनाएर दृष्टिविहीन प्रेमीका फाइदाहरू वर्णन गरेकी छिन् । यी महिलाको नाम निया एस्पेरन्जा हो ।
नियाले टिकटकमा एउटा भिडियो पोस्ट गरेकी छिन् र अन्धा प्रेमी पाउनु भाग्यको कुरा हो भन्ने चार कारण बताइन् । निया एस्पेरान्जाले आफ्नो भिडियोमा भनिन्, ‘म आज तपाईँलाई बताउन चाहन्छु किन अन्धा प्रेमी पाउनु भाग्यको कुरा हो । यी चार कारणहरू छन् ।’
नम्बर एक – ‘उसले अरू केटीहरूलाई कहिल्यै हेर्दैन, त्यसैले यदि तपाइँ आफ्नो सम्बन्धमा यो चाहानुहुन्छ भने, अन्धो व्यक्ति खोज्नुहोस् ।’
नम्बर दुई – ‘म कस्तो देखिन्छु, त्यसले फरक पार्दैन र विशेष गरी मलाई मेरो कपाल मिलाउन आवश्यक छैन ।’
नम्बर तीन – ‘अन्धो प्रेमी हुनु पनि फाइदाजनक छ किनकि उसको लागि किनेको कुनै उपहार लुकाउनु पर्दैन, जुन धेरै जोडीहरुको साझा समस्या हो ।’
नम्बर चार – ‘कहिल्यै पछाडि सिट ड्राइभिङ गर्नुपर्दैन ।’
नियाको भिडियो क्लिप सयौंले हेरेर प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखे – मलाई तिम्रो हाँस्य मन पर्छ । तर, कतिपयले नियाको सेन्स अफ ह्युमरलाई पनि निशाना बनाएका छन् । एकजनाले लेखेका छन् – के तपाईँलाई अन्धोपना वरदान हो भन्ने लाग्छ ? यो रोचक छ ।






