काठमाडाैं । शुक्रबार सुनकाे मूल्य बढेकाे छ । शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । गत बिहीबार छापावाल सुन प्रतिताेला ९४ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ ।




