एजेन्सी । १७७ जनालाई अमेरिका पुर्याउनु अघि सीमाभन्दा चार गुणा मदिरा सेवन गरेको आरोपमा एक पाइलट जेल परेका छन् । ग्लेन्डन गुलिभरले ग्लासगो एयरपोर्टमा ड्युटीको लागि रिपोर्ट गर्नुअघि अघिल्लो रात व्हिस्की पिए र त्यसपछि उनी उडानमा चढे । अमेरिकी पाइलटहरू बेलायतबाट अमेरिका जान लागेका थिए ।
डेली रेकर्डको रिपोर्टका अनुसार ६३ वर्षीय ग्लेन्डन गुलिभर युनाइटेड एयरलाइन्सको बोइङ ७५७ उडानका लागि जिम्मेवार थिए । जब उनी विमान उडाउन पुगे, उनको श्वास परीक्षण गरिएको थियो । ग्लेन्डन गुलिभरले कानुनी सीमाभन्दा चार गुणा बढी सेवन गरेको पाइएको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।
पक्राउपछि पाइलट ग्लेन्डन गुलिभरलाई अमेरिकी अदालतमा पेश गरिएको थियो । सुनुवाइको क्रममा, शेरिफ गिलियन क्रेगले उनलाई भने, ‘ व्यावसायिक विमानमा पाइलट बढी जिम्मेवार हुनुपर्छ । त्यहाँ १७७ पुरुष, महिला र केटाकेटीहरू थिए, म सोच्न डराउँछु कि परिणाम के हुन सक्छ ।’
अमेरिकी नौसेनाका पूर्व लडाकु पाइलट ग्लेन्डन गुलिभरले १६६ यात्रु र ११ चालक दलका सदस्यहरू लिएर भोलिपल्ट बिहान ९.०५ बजे न्यु जर्सीका लागि उडान भर्ने कार्यक्रम थियो । उनलाई अमेरिकी अदालतले सजाय सुनाएको हो । शेरिफ क्रेगले उनलाई १० महिनाको लागि जेल हालेका थिए ।




