काठमाडौं । साताको पहिलो पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य ७ सयले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।




