काठमाडौं । झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेढाईं रहेकी छिन् । बुधबार मध्याराति पाैने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियाे ।
तर, उपचारका लागि बिर्तामोडस्थित अस्पताल पुर्याइएलगत्तै उनको मृत्यु भएको हो । ट्रक र ट्रक चालक सर्लाहीको बाग्मती नगरपालिका–४ का २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






