बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्कने क्रममा दुर्घटना भएको हो ।
भे २ त १३१६ नंको ट्र्याक्टर आज अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको छ ।
दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।




