काठमाडौं । पाल्पामा सोमबार अपराह्न जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार तिनाउ गाउँपालिका-२ जलथरीस्थित कच्ची सडकमा जीप दुर्घटना भएको हो ।
घाइते हुनेमा तिनाउ गाउँपालिका-२ की ३१ वर्षीया सीता सोमई, २८ वर्षीया सीमा पल्ली, ४५ वर्षीया लीला सोमई, ५२ वर्षीया समकली लुइँटेल, २६ वर्षीया गीता बगाले, ४४ वर्षीया निर्मला चिदी र ३३ वर्षीया गीता गाहा छन् ।
दोभानबाट माराबासतर्फ जाँदै गरेको लु १ ज १३८२ नम्बरको जीप सडकबाट पाँच मिटर तल खसेको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
उनका अनुसार जीप बाटोको घुम्ती मोडमा आफैं ब्याक हुन गएर दुर्घटनामा परेको थियो । जीपमा सवार १० मध्ये सात जना घाइते रहेको र अन्य सकुसल रहेको उनले जानकारी दिए ।






