काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने मोलुङ-४ घले गाउँका ईन्द्र सुनुवारको ३८ वर्षीया श्रीमती मीना सुनुवार हुन् ।
हिजो बेलुकी गुठी पाताल जंगलबाट घाँस काटेर घरतर्फ फर्कदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन् । सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगेर उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो ।
घटना बारे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान भइरहेको जनाएको छ ।




