सर्लाही । सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा निर्वाचन सुरक्षा वेस खडा गरिएको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति समेत परिचालन गरिसकेको छ ।
जिल्लाको क्षेत्र नं. १ को सागरनाथमा बेसमा शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज तामाङ्ग, क्षेत्र नं. २ को मलंगवामा सिमा सूरक्षा बेसमा शसस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मन बराल, क्षेत्र नं. ३ को हरिवन बेसमा शसस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार श्रेष्ठ र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको छ ।
त्यहाँ शसस्त्र प्रहरी नायब उपरीक्षक सुमन लामिछाने गरी सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा निर्वाचन सुरक्षा बेस खडा गरिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चार वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरिसकेको छ । निर्वाचन सुरक्षा बेश राखिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो ।
खनियाँका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका बाहेक काठमाडौं सहित अन्य ठाउँबाट सर्लाही जिल्लाका लागी आठ सय जनशक्ति थपीने र सर्लाहीका पाँच सय गरि जम्मा त्तेह्र सय हुने अनूमान गरीएको छ ।
आवश्यकता र संवेदनशीलताको आधारमा जनशक्ति परिचालन हुने सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताउनु भयो । सर्लाहीमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित प्रत्येक सुरक्षा निकायहरु निर्वाचन लक्षित सुरक्षा प्रबन्ध मिलाउन लागि परेका छन् ।
चुनावलाई लक्षित गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानले पनि सुरक्षा योजना बनाइरहेका छन् । सर्लाहीका ४ वटै प्रतिनिधि सभा सदस्यका लागि ४ वटै क्षेत्र रहेका भए पनि सर्लाही क्षेत्र नं. ४ लाई विशेष संवेदनशील क्षेत्रको रुपमा हेरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताउनु भयो ।




