सर्लाही । सर्लाहीको क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य तर्फका स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाह, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) र बागमती नगरपालिकाका नगर प्रमुख कुमार थापाको चरित्रहत्या गरेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।
शुक्रबार साँझ हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीको घरमा पुगि फर्किने क्रममा नेकपा (एमाले) का कार्यकर्ताहरुले सर्लाही ३ (क) का स्वतन्त्र तर्फका उम्मेदवार कुशवाहलाई घेरेर पैसा बाँडेको आरोप लगाउँदै भिडियो बनाएर हरिवनमा नगर प्रमुख बुढाथोकी, बागमतीका नगर प्रमुख थापाको नाम जोडेर चरित्र हत्या गर्नुका साथै बदनाम गराएकोमा उनिहरुले आपती जनाएका हुन् ।
हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीलाई भेट्न गएर फर्किदाँ एमालेका कार्यकर्ताहरुले सर्लाही ३ (क) का स्वतन्त्र उम्मेदवारको गाडीलाई घेरेर बागमती र हरिवनका नगर प्रमुख नाम लिदै भिडियो बनाएका एक स्थानियले बताए ।
‘कुनै तथ्य र प्रमाणविना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यो घटना गरिएको छर्लंग छ’, सर्लाही ३ (क) स्वतन्त्र उम्मेदवारका एक सहयोगीले बताए ।
यी विषयमा ईलाका प्रहरी कार्यालय हरिवनलाई तत्कालै जानकारी गराएको भए पनि प्रहरी घटनास्थलमा नआउनुले प्रहरीको समेत मिलेमतोमा दुई नगर प्रमुखको नाम जोडेर सर्लाही ३ (क) का स्वतन्त्र उम्मेदवार कुशवाहको बदनाम गराउने र चरित्र हत्या गर्ने काम गरिएको आशंका छ ।




