धनुषा । धनुषा ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छिन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका अनिल कुमार झालाई पराजित गर्दै एमालेकी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
एमालेकी महतोले लोसपाका झालाई ९ हजार ६६९ को मतान्तरले पराजित गरेकी हुन् । एमालेकी महतोले ३३ हजार ३५५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका झाले २३ हजार ६८६ मत पाए । २०७४ मा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी जुली यो पटक प्रत्यक्ष चुनाव लडेकी हुन् ।
२०७४ सालको चुनावमा कांग्रेसका निधिलाई पराजित गर्दै यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका राजेन्द्र महतो निर्वाचित भएका थिए । यसअघि २०७० मा महतो यही क्षेत्रबाट कांग्रेसका विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् ।




