सर्लाही । अपाङ्गता भएका ब्यत्तिको समस्या समाधानका लागि कौडेना युवाबाट विशेष कार्यक्रम सञ्चालन गरि कौडेना गाउँपालिकाको वडा नम्बर ६ को सक्रौल निवासि १९ वर्षिय मोहमद सरोजलाई ह्विल चेयर प्रदान गरिएको छ ।
सर्लाहीको दक्षिणी भेगमा पर्ने कौडेनाका एक अपाङ्गता भएका ब्यक्तिलाई मंगलबार एक कार्यक्रमका बिच ह्विल चेयर प्रदान गरिएको हो ।
जन्मदेखि नै अपाङ्ग भएका सरोजलाई स्थानिय युवा समाजसेवी एवं कौडेना गाउँपालिकाका नगर प्रहरी कर्मचारी समेत रहेका धिरोज यादवको पहलमा राष्ट्रिय युवा अभियानका संयोजक कृष्ण यादवले अपाङ्गता भएका सरोजलाई ह्विल चेयर हस्तान्तरण गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विल चेयर वितरण गरिने कार्यक्रममा बोल्दै राष्ट्रिय युवा अभियानका संयोजक कृष्ण यादवले समाजमा अपाङ्गता भएकाहरुले पनि सम्मानित जीवन बाच्न सक्ने वातावरण निर्माण गर्ने बताए ।
“अपाङ्गता भएकाहरुलाई हामीले अवसर दिनुपर्दछ, उनीहरुका सम्भावना खोतल्ने काम गर्नुपर्दछ” यादवले भने । कार्यक्रममा बोल्दै कौडेना गाउँपालिकाका नगर प्रहरी धिरोज यादवले अपाङ्गहरुलाई अवसर दिए काम गरेर देखाउन सक्ने बताउनु भयो ।
हिँडडुल गर्न कठिनाई भोग्दै आएका सरोजलाई घरमै पुगेर ह्विल चेयर हस्तान्तरण गरिएको स्थानिय युवा धिरोज यादवले बताउनु भयो ।




