जनकपुरधाम । महोत्तरीका डा. पंकज चौधरी दाइजो विरुद्धको कसुरमा पक्राउ परेका छन् । महोत्तरी रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय डा. चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पंकजकी श्रीमती नेहा चौधरीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।
‘दाइजोविरुद्धको कसुरमा कारबाही गर्न पंकजलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छौं, प्रवक्ता पोखरेलले भने, ‘दाइजो मागेको जाहेरीको आधारमा मंगलबार पक्राउ गरी अनुसन्धान थालेका छौं, अहिले केही भन्न मिल्दैन, अनुसन्धान चल्दैछ । थप कुराहरु खुल्दै जानेछ ।’




