काठमाडौं । उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुको मूल्य अस्वभाविक बढेको छ । घर भान्छामा दैनिक प्रयोग हुने खाने तेल, तरकारी, माछा मासु, गेडागुडी लगायतका खाद्यान्न सामग्रीको मूल्य बृद्धिका कारण उनीहरुको भान्छा महँगो भएको हो ।
महँगी बढ्दा पनि सरकारले बजार अनुगमनलाई प्रभावाकरी बनाउँन सकेको छैन । खाने तेल, ध्यू, दाल, तरकारी, गेडागुडी तथा फलफूलजन्य वस्तुको मूल्य करिव २० प्रतिशतले बृद्धि भएको छ । सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा व्यापारीहरुलाई मूल्य बढाउने बहाँना भएको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पछिल्लो महिना नेपाल राष्ट्र बैकले खाद्य वस्तुको मूल्य बढेको जनाएको छ । बजारमा खाने तेल, भटमासको तेल, सनफल्वार र तोरीको तेलमा १५ देखि २० प्रतिशत सम्मले मूल्य बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैकका अनुसार बजारमा घ्यू तेलको मूल्य २० प्रतिशले बढेको छ । सरकारले बजारलाई कडाई गर्न नसक्दा पनि बजार भाउँ अकासिएको हो । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलका अनुसार बजारमा अन्य वस्तुको तुलनामा खाद्य सामग्रीको मूल्य गत वर्ष भन्दा बढी हो ।
बजारमा ठूला ब्यापारी तथा उद्यमीहरुले खाद्य सामग्री लुकाउने तथा कालोबजारी गर्दा खाद्य सामग्रीको मूल्य बढ्ने गरेको अर्थबिदहरुको भनाई छ । ठूला उद्यमी तथा ब्यापारीले गोदाममा सामन भण्डारण गर्ने गरेका छन् । कोभिडको समस्या भोगिरहेका सर्बसाधारण पछिल्लो दिनमा मूल्य बृद्धिका कारण थप समस्यामा भोगिरहेका छन् ।






