बारा । परीक्षामा चिट चोर्न नदिएको भन्दै विद्यार्थीले बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा आज बुधबार बिहान तोडफोड गरेका छन् ।
स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहान साढे १० बजे वीरगञ्जको हरिखेतान र ठाकुर राम क्याम्पसका विद्यार्थीले तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
साथै विद्यार्थीले कुटपिट गर्दा क्याम्पस प्रमुख हरिभुषण कुश्वाहा र सुभाष तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कुटपिट र तोडफोडमा संलग्न तीन जना विद्यार्थी पक्राउ परेका छन् ।
विद्यार्थीले कुर्सी, बेन्च, मोटरसाइकलमा तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।




