धनुषा । धनुषाको मिथिला नगरपालिकाका १० लालगढबाट लागुऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलिले चेकजांच गर्दा गाँजा बरामद भएपछि मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लासीको हरिवन नगरपालिका ३ का ३१ वर्षीय फेकन साह, सोही ठाउँका २१ वर्षीय सन्तोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउपालिका १ का २६ वर्षीय अमित कुमार यादव र २२ वर्षीय रबिन कुमार यादव रहेका छन् ।
साह र दास चढेको प्रदेश २-०३-००७प. ८५४१ नम्वरको मोटरसाइकल र यादवद्वय चढेको ज. ४ प. ७७३३ नम्वरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय ढल्केवर र लागुऔषध ब्यूरो जनकपुरबाट खटिएको संयुक्त टोलिले चेकजांच गर्दा गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरु प्लाष्टिकको बोरामा प्याकिङ गरेको १० किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर मुद्दा प्रक्रिया अगाडी बढाएको जनाएको छ ।




