रौतहट । रौतहटमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको छ । मध्यपश्चिम रौतहटको कटहरिया नगरपालिकामा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो ।
एक समारोहबिच नगर प्रमुख अजय प्रकाश र उपप्रमुख रितादेवी यादवले कटहरिया नगरपालिका ५ स्थित कटहरिया बजारमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।
यसअघि रौतहट सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा सर्पदंशको उपचार हुँदै आएको छ । यसैगरी सर्पदंशको घटना हुँदा वीरगन्ज, चितवन तथा सर्लाहीसम्म लैजानु पर्ने बाध्यता रहेको छ ।




