एजेन्सी । विवाह एउटा यस्तो अवसर हो, जसमा दुलहा र दुलहीले आफ्नो इच्छा पूरा गर्छन् । किनमेल होस् वा ठाउँ छनोट होस्, सबैमा उनीहरूको इच्छा हुन्छ । तर, पैसा जोगाउन पाहुनालाई खाना नदिइएको बिहे तपाईले सायदै देख्नु भएको होला । यस्तै एउटा कथा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
रेडिटको एक पोष्टमा, यो भनिएको छ कि दुलहा आफैंले आतिथ्यको नाममा आफ्नो विवाहमा निम्तो भएका पाहुनाहरूलाई पानी मात्र खुवाए । सामान्यतया मानिसहरु फरक किसिमको कल्पना लिएर बिहेमा पुग्छन् । यो बिहेमा आएका एक पाहुनाले यो जोडीको यस्तो बानी देखेर आफु निकै अचम्मित भएको बताएकी छन् ।
विवाह समारोहमा पानी मात्र
दुलही आफैंले यो कथा रेडिटमा पोस्ट गरेकी छिन् । पोष्टमा लेखिएको छ कि दुलही आफैं पनि पानी मात्र पिउँछिन् । यस्तो अवस्थामा उनले आफ्नो विवाहमा आएका पाहुनालाई पानी मात्र दिने निर्णय गरेको सुनाउँछिन् । तर, जब पाहुनाहरूलाई यो कुरा भनियो, धेरै खुसी भएनन् । दुलहीले लेखिन्- ‘कतिपयलाई यो कुरा मन परेन तर धेरैलाई रिस नै उठ्यो ।’
पाहुनाहरू खुल्ला बारको प्रतिक्षामा
केही पाहुनाहरूले जोडीलाई खुला बार राख्नु पर्ने सुझाव पनि दिए तर दुलहीले यो विचारको विरोध गरिन् । दुलहीले त्यसो गर्न सक्थिन तर बारटेन्डरको पैसा जोगाउन पानी मात्र खुवाएको बताइन् । यो पोस्ट रेडिटमा भाइरल भयो र यसमा प्रतिक्रिया दिँदै मानिसहरूले जोडीलाई तुच्छ भनेका छन् । उनले उपहार पाएपछि पानी मात्र दिनु गलत भएको बताएका छन् ।






