महोत्तरी । महोत्तरी प्रहरीले एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । एकडारा गाउँपालिका–३, अजमरपट्टीबाट एक सय केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकमा लोड गरी लुकाइछिपाइ ल्याउँदै गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकका चालक मकवानपुरको भिमफेदी गाँउपालिका–१ का २९ वर्षीय रुपेश गोले र सोही ठाउँका सहचालक २६ वर्षीय अनिल पाख्रिनलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुमाथि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान सुरु भएको छ । प्रहरीका अनुसार महोत्तरीको सीमा हुँदै गाँजा भारत पु¥याउन लागिएको थियो । पछिल्लो समय महोत्तरी सीमा भएर अवैध कारोबार निकै बढेको गुनासो छ ।




