काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस द्रुत मार्ग निर्माण कार्यलाई अघि बढाइने बताएको छ । यसका लागि ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्ने सरकारले जनाएको छ ।
सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले फास्ट ट्रयाक निर्माणका लागि २२ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।
यो सडक मार्ग २०८३ सालभित्र सम्पन्न गर्ने गरी बजेट छुट्याइएको उनले जानकारी दिए । त्यस्तै, सरकारले रौतहटको चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन गरेको छ ।
सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले चन्द्रपुर–गौर सडक स्तरोन्नति र विस्तारका लागि ७६ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।




