महोत्तरी । महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो पौने २ बजे बर्दिबास नगरपालिका २ बुद्ध चोकस्थित औरहीमा ट्याक्टर पछाडिको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
ज १ त १७४३ नं. को ट्याक्टरमा ज ४ प. २३५१ नं. मोटरसाइकल ठोक्किएको हो । दुर्घटना हुँदा औरही नगरपालिका २ बस्ने ६० वर्षीय ताहिर अन्सारीको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।




