सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीबाट शसस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीबाट लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाही र शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरबाट खटिएको शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिएको हो ।
ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीबाट लागुऔषध कोडिवेल १ सय २२ बोतलसहित बागमती नगरपालिका ७ का अन्दाजी वर्ष २२ का अक्षय कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।
ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्ही चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००२ प ५९७० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रदेश २–०२–००२ प ५९७० नम्बरको मोटरसाईकलको तेलको ट्यांङ्की तथा सिट मुनि लुकाइ छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको मोटरसाईकल, लागुऔषध र युवालाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएको प्रहरीले जनाएको छ ।




